उर्गेनले दिए प्रिज्मालाई मुटु उपहार


पछिल्लो पुस्तामा लोकप्रिय गायक उर्गेन दोङ्गको आवाजमा रहेको नयाँ गीत ‘मुटु उपहार’ सार्वजनिक भएको छ। लक्ष्मण राइको शब्द रहेको गीतमा उर्गेनको नै संगीत रहेको छ। तामाङ्ग भाषाको शब्द उर्गेन स्वयंले लेखेका छन्। गीतमा उर्गेनलाई मेलिना राईले आवाजमा साथ दिएका छन्।

विकास प्रसाईले निर्देशन गरेको भिडियोमा प्रिज्मा/प्रिन्सी खतिवडा फिचर रहेका छन् । उर्गेनको साथमा लक्ष्मण राई भिडियोमा दुईको जोडीको रुपमा देखिएका छन्। जितू तामाङ्गले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्