माघमा विहेको तयारीमा उल्सन र सन्ध्या


नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका दुई नाम हुन्, उल्सन श्रेष्ठ र सन्ध्या जोशी। सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए । दुवै नेपाल आइडलपछी केहि गीतमा संगै सहकार्य समेत गरेका थिए।

तरकारी , सुस्त लगायतक गीतमा दुवैको सहकार्य रहेको छ । व्यवसायिक सहकार्यमा समेत संगै रहेका यी दुई अव वैवाहिक जीवनमा बाधिने तयारीमा रहेका छन् । लामो मित्रता पछी करिव २ बर्षबाट प्रेममा रहेका यी दुई यहि माघ २७ गते विवाह गर्ने तयारीमा रहेका छन् । धनगडीकी सन्ध्या र खोटाङ्गका उल्सनको काठमाडौंमा नै विवाह हुने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्