एक अर्काको साहारा बन्दै पल र प्रकृति


कुनै बेला दर्शकको रोजाईमा रहेको जोडी हो, पल शाह र प्रकृति श्रेष्ठ । केहि म्युजिक भिडियोमा साथ काम गरेको यो जोडी प्रकृति श्रेष्ठ विवाह गरेर अष्ट्रेलिया गएसंगै सुस्ताएको थियो । पल पछिल्लो समय चर्चामा रहेका अभिनेता हुन् भने प्रकृति नेपाल आएको बेलामा केही म्युजिक भिडियोमा फिचर हुने गरेकी छिन् ।

समय मिलेसम्म अभिनय गर्ने बताउने प्रकृति र पछिल्लो समयका सर्वाधिक व्यस्त अभिनेता पल शाह फिचर नयाँ गीत ‘तिमि नै सहारा’ सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयका सफल गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । लक्ष्मण भण्डारीको शब्द रहेको गीतमा सन्तोष केसीको संगीत रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका छन् । भिडियोलाइ निराजन केसीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्