‘बाबरी’ पोष्टरमा दुई धिरजसंग बोल्ड अदिति


सार्वजनिक टिजर र दुई गीतबाट राम्रो प्रतिक्रिया बटुलेको चलचित्र ‘बाबरी’ को निर्माण टिमले अफिसियल पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा निर्माण टिमले नव- अभिनेता धिरज नाडकरलाई समावेश गरेको छ।

यस अगाडीका सार्वजनिक कन्टेन्टमा धिरज मगर र अदिति बुढाथोकीलाई मात्र समावेश गरिएको थियो। सार्वजनिक पोष्टरमा तीन कलाकारको मित्रतालाई समावेश गरिएको छ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ट्रेलर चाडै रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ। सुरेन्द्रको नै कथा र सम्पादन रहेको चलचित्रमा भदौ ३१ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेको चलचित्र बाबरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्