चलचित्र निर्माण नगर्ने ऋषि धमलाको घोषणा


चर्चित पत्रकार ऋषि धमला सधै चर्चामा रहने पात्र हुन् । कार्यक्रममा अतिथि बोलाएर सोधिने प्रश्न, उनको इनर्जी र उनको प्रस्तुती शैली सधै चर्चामा रहने गर्दछ। भुईमान्छे देखि शिर्ष नेतासम्म समाजका हरेक व्यक्तिको अन्तर्वार्ता लिने कारण पनि धमला चर्चाको पात्र रहने गर्दछन्। उनै धमलाले चलचित्र ‘अनुराग’ निर्माण गरे। आफ्नै श्रीमती एलिजा गौतमलाई हिरोइन बनाएर निर्माण गरेको चलचित्र पर्दामा असफल बन्यो।

त्यो पछाडी न धमलाले चलचित्र निर्माण गर्ने हिम्मत गरे न त एलिजा अर्को चलचित्रमा देखिएकी छिन्। ऋषि टेलिभिजन संचालनमा व्यस्त रहेका छन् भने एलिजा कहिले क्यानडा त कहिले नेपालमा पारिवारिक काममा व्यस्त छिन्। उनि म्युजिक भिडियोमा सक्रिय रहेकी छिन्। पहिलो चलचित्र असफल भएपछी ऋषिले चलचित्र निर्माण नगर्ने घोषणा गरेका छन्। उनले एक टेलिभिजन कार्यक्रममा गएर उक्त घोषणा गरेका हुन्। ‘चलचित्र मेरो क्षेत्र हैन र मलाई समय दिने फुर्सद पनि छैन। अव भविष्यमा चलचित्र बनाउदिन ‘, ऋषि भन्छन्।

प्रतिक्रिया दिनुहोस्