एकअर्काको प्रेममा हराएका पूजा र आकाश


चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बू र अनु चौधरीको आवाजमा रहेको ‘हराए हराए’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा आनन्द अधिकारीको शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर रहेका छन् ।

भिडियोलाई सौरभ लामाले खिचेका छन्। एबी इन्टरनेशलको प्रस्तुती रहेको चलचित्र भाद्र १७ गतेबाट रिलिज हुदैछ। सुदर्शन थापा निर्देशित चलचित्रमा पुजा र आकाशको साथमा सोनाम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ।

अमित बस्नेत, अजित कुमार थापा र परि राणा चलचित्रको निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्