‘सम्हालिन्छ कहिले मन’ : पूजा र आकाशको परिक्षामा सोनामको यात्रा कस्तो बन्ला?


नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय सधै चर्चमा रहेन नाम हुन्, पूजा शर्मा र आकाश श्रेष्ठ। साथ हुँदा पनि र नहुँदा पनि सधै जोडिने र लेखिने यी दुई नामलाई लिएर नै चलचित्र चल्ने र दर्शक हलमा तानिने विश्वास चलचित्र निर्मातालाई थियो । सोहि कारण पनि केहि चलचित्र यी दुवैलाई लिएर निर्माण भए। सुमधुर सम्बन्ध चिसिएको धेरै भयो तर व्यवसायिक सम्बन्धको धर्म यी दुवैले गज्जबले निभाएका छन्, जसका लागी यी दुवै तालीका हकदार रहेका छन्।

कोभिडले चलचित्र नगरीमात्र चिसिएन, चिसिएको यी दुवैको सम्बन्धको असर यी दुवै अभिनित चलचित्रमा पनि देखियो। केहि समय अगाडी चलचित्र ‘सम्झना बिर्सना’ रिलिज भयो। तर दर्शकले यी जोडीलाई साथ दिएनन्। निर्माण टिमले फेक कल्केसनको डाटा सार्वजनिक गरे पनि त्यो निर्माता आफैले आफ्नो आँखामा छारो हाल्ने काम बाहेक केहि भएन। स्टार भ्यालु राम्रो बनाएकी पूजाको पछिल्लो समय नराम्रोसंग बक्स अफिसमा चिप्लिएको चलचित्र यहि हो। प्रेमगीत पछि उनि यति नराम्रोसंग चिप्लिएकी थिइनन्।


अव फेरी बक्स अफिसमा अर्को परिक्षा यो जोडीको रहेको छ। अनि यो जोडीलाई साथ दिएका छन्, गायक तथा डेव्यु नायक सोनाम तोप्देन। लकडाउन अगाडी नै यो चलचित्रको घोषणा भएको हो। त्यो बेला यी तीनै जनाको क्रेज उच्च थियो। चलचित्रप्रति दर्शकको चासो र आकर्षण पनि व्यापक थियो। सोनामको फ्यान फलोर्स र चर्चा झनै उच्च। तर कोरोना पछि माहोल केहि बद्लिएको छ। सिरिज र सिक्वेल बाहेकका चलचित्र खासै चलेका छैनन्।

पूजा र आकाश प्रतिको दर्शकको प्रेम कम हुदै गएको देखिन्छ । यसमा सोनामले कति मलजल गर्ने हुन् त्यो परिक्षा भदौ १७ गते हुदैछ। यी तीनै जना मुख्य भूमिकामा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ रिलिज हुदैछ। चर्चित गायक सुगम पोख्रेलको हिट गीतको शब्द सापटी मात्र लिएको छैन यहि गीत पनि चलचित्रमा फिचर गरिएको छ। यो गीत सुनेर हुर्किएको पुस्ता आफ्नो दैनिकी जीवनको गन्जागोलमा छ। अव त्यो गीतको आकर्षण चलचित्रमा ती पुस्तालाई कती देखिने हो त्यो पनि अर्को हेराइको पाटो रहेको छ।


चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। पूजा र सुदर्शनको जोडी आफ्नो चलचित्र हिट बनाउन माहिर जोडीका रुपमा मानिन्छ। अव यो चलचित्रका निर्माताका लागी उनीहरु कति लक्की सावित हुन्छन् त्यो हेर्न बाँकी रहेको छ।एबी इन्टरनेशनलको व्यानरमा निर्माण भएको चलचित्रको निर्माताको रुपमा अमित बस्नेत, अजित केआर थापा र परि राना निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्