A vertical shot of the black cat in the dark darkness

प्रिज्मासंगको प्रेम ब्रेकअप बारे बलेको जवाफ,’साथी मात्र थियौ बाँकी केहि थिएन’


नेपाली कलाकारिता क्षेत्रमा आफुलाई स्थापित गरिसकेको नाम हो, सागर लम्साल ‘बले’ । बिशेष गरि टेलिचलचित्र ‘भद्रगोल’ र यसको ‘बले’ पात्र सागरको करियरको लागी स्वर्णिम बन्यो । पछिल्लो समय म्युजिक भिडियोमा खोजिने नाम मध्येमा पर्दछ, सागरको। लगातार सफल म्युजिक भिडियोमा काम गरेका सागर पछिल्लो केहि समयबाट कामसंगै प्रिज्मा खतिवडासंगको प्रेम र ब्रेकअप खबरले चर्चामा रहे । केहि बर्षबाट संगै सहकार्य गरिरहेका प्रिज्मा/प्रिन्सी खतिवडासंग अभिनय गरेका भिडियो सागरले आफ्नै युट्युव च्यानल मार्फत हालेका छन् । आफुलाई राम्रो साथी बताउने दुवैले प्रेम सिधा रुपमा स्विकार नगरेपनि दुवैको प्रेम कसैसंग लुक्न सकेको थिएन। केहि समय अगाडी प्रिन्सी/प्रिज्माले दिएको एक अन्तर्वाता पछी यी दुवैको प्रेम र ब्रेकअपको चर्चा चुलियो । सामाजिक संजालमा मिश्रित क्रिया प्रतिक्रिया आए। भन्न खोजेको कुरालाई गलत अर्थ लगाईएको भन्दै प्रिज्माले त सागरसंग माफी नै मागिन् । उनले सागर र उनका फ्यानलाई चोट परेमा माफी दिन समेत अनुरोध गरिन् ।

यता बले भने यी सवै कुरामा मौन नै बसे । मिडियासंग एक कार्यक्रममा उनको लुकाछिपी र भागदौडको दृश्य त रोचक नै बन्यो। केहि महिना बले सार्वजनिक कार्यक्रम देखि भिडियोबाट पनि टाढा रहे । बुबा बिरामी र आफ्नै खुट्टाको समस्याको कारण बाहिर ननिस्किएको बताए।
लामै समयपछी नै किन नहोस् बलेको मुख खुल्यो । एक अन्तर्वातामा उनले कुरै नसुने र नबुझे झैँ गरे। अव त्यत्रो चर्चामा रहेको बिषय नसुन्ने कुरा त पत्यारलाग्दो पक्कै भएन ।

आफ्नै च्यानलमा नयाँ गीत आउने भएपछी सागर लामो समयपछी पत्रकार सम्मेलनमा देखिए । उनलाई प्रश्न गरिहालियो, के थियो यो सवैको कारण ? बलेले पनि हाँस्दै कति प्रश्नबाट भाग्न खोजे । लगातार प्रश्न आएपछि आफुले त्यो भिडियो हेरेको तर त्यो मेरो लागी भनाई नभई उहाहरुको व्यक्तिगत कुराहरु भएको बताए। उनले आफुहरु कहिले प्रेममा नरहेको र दुवै मिल्ने साथी भएको बताए ।
अव सागरले नै भनेपछी पत्याउनै पर्यो । जे जस्तो भए पनि व्यतिगत र व्यावासायिक दुवै क्षेत्रमा साथ देखिने यी तीनको सहकार्य नभएको लामै समय भैसक्यो ।

प्रतिक्रिया दिनुहोस्