आकाश र करुणाको प्रेम र झगडाको कथा


गायक शिव परियारको चर्चित गीत ‘फुलैफुल दिन्छौ की’ को रिमेक भर्सन सार्वजनिक भएको छ। हिट गीतको रिमेक भर्सनमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ। शिव स्वयंको आवाजले गीतलाई आज मिठासपूर्ण बनाएको छ।

विवेक रसाइलीको कन्सेप्ट र निर्देशनमा तयार भएको गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर रहेका छन्। आकाश र करुणा पछिल्लो समय प्रेम चर्चाका कारण पनि चर्चित रहेका छन्। सौरभ लामिछानेले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्