A vertical shot of the black cat in the dark darkness

बुबाको मुख हेर्ने दिन ‘महापुरुष’ को मर्मस्पर्शी गीत ‘बा’ रिलिज


बुबाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र ‘महपुरुष’ मा समावेश ‘बा’ बोलको गीत रिलिज गरिएको छ। रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतमा नवराज पराजुलीको शब्द रहेको छ। मर्मस्पर्शी गीतको भिडियोले बुबा र छोराको सम्बन्धको महत्व दर्शाएको छ। गीतको भिडियोमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्री फिचर रहेका छन्।

कार्तिक ११ गतेबाट रिलिज हुने चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन्। चलचित्रमा महजोडी सहित गौरी मल्ल, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ। म्याक्स दिपेश खत्री निर्माता रहेको चलचित्रमा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्