‘झिंगेदाउ’ लाई बलियो वर्ड अफ माउथ


चलचित्र ‘झिंगेदाउ’ लाई वर्ड अफ माउथको राम्रो साथ मिलेको छ । रिलिजको दिन ठिकठाक दर्शकको साथ पाएको चलचित्र वर्ड अफ माउथ बढे संगै चलचित्रले उल्लेख्य साथ बटुल्दै गएको छ। उपत्यका बाहिर पनि चलचित्रले दर्शकको राम्रो साथ बटुलेको छ। सोमबार अभिनेत्री आंचल शर्मा चितवन पुग्दा दर्शकको भिड हलमा स्पष्ट देखिएको थियो। इन्द्रदेव सिनेमा हलमा ९० प्रतिशत बराबरको अकुपेन्सी रहेको थियो भने जलमा हल हाउसफुल रहेको थियो। चलचित्र हेर्न अधिकांश युवति र आमाहरु उपस्थित रहेका थिए।

चलचित्रको कथावस्तु र अभिनयले दर्शकको मान जितिरहेको थियो। मंगलबार बुटवलका हलमा आंचल पुगेकी थिईन । चलचित्र हलमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो। एक हलका म्यानेजर कबड्डी ४ पछी बल्ल दर्शक हलमा आएकको बताउदै थिए।

कबड्डी ४ पछी हामी शुन्य बराबरको अवस्थामा थियौ । झिंगे दाउ हेर्न दर्शक उलेख्य मात्रामा आएको र बिशेष गरि नाइट शोमा दर्शक अझ बढी रहेको हल म्यानेजरले बताएका छन्। काठमाडौंका हलमा पनि दर्शकको उलेख्य उपस्थिति दर्शकको रहेको छ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा केकी अधिकारी, आंचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिंउवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्