शाहरुख खानकी फ्यान नीतिलाई बलिउडमा काम गर्ने रहर


मिस नेपाल २०१७ पछी चर्चामा रहेको नाम हो, नीति शाह । समाजिक संजालमा राम्रो उपस्थिति जनाएर एक जमातमा आफ्नो राम्रो पहिचान बनाएकी नीतिलाई मिस नेपाल इन्टरनेशनल २०१७ जितेपछि थप चर्चामा आइन् । उनले २०१७ मा नेपालको प्रतिनिधित्व गर्दै जापानमा मिस इन्टरनेशनमा पुगेकी थिइन्। सो समयमा उनका कति कुरा विवादित बनेका थिए । नीति केहि समय अगाडी नेपाली चलचित्रमा देखिने चर्चासमेत चलेको थियो। तर उनि चलचित्रमा देखिएकी छैनन्। विशेष गरि विज्ञापन र ब्राण्डमा देखिने नीतिले एक हिन्दि भिडियो गरेकी छिन् । ‘चेहेरा’ बोलको गीतमा आशिष कुल्कर्नीको आवाज रहेको छ। भिडियोमा भारतीय मोडलको साथमा नीति फिचर रहेकी छिन्। सोहि गीतको प्रमोशनका लागी नीति केहि समय अगाडी मुम्बई पुगिन् । भारतीय अनलाइन मिडियामा उनका अन्तर्वार्ता पनि भेट्न सकिन्छ।

एक युट्युव च्यानललाई दिएको अन्तर्वार्तामा उनले आफु बलिउड चलचित्रबाट निकै प्रभावित रहेको बताएकी छिन् । उनले ‘नेपाल भारत दुवै छिमेकी राष्ट्र र सिमाना जोडिएको भएको हिसावले पनि हामी धेरै कुरामा समान छौ । ‘ शाहरुख खानको फ्यान बताउदै उनले अवसर पाए भारतीय चलचित्रमा अभिनय गर्ने बताएकी छिन् । निर्देशक संजय लिला भन्सालीको कामको फ्यान भएको बताउदै हजारौ बलिउड प्रवेश गर्ने सोचमा हुन्छन्। मैले त्यो अवसर पाए भने म पक्का काम गर्नेछु।

प्रतिक्रिया दिनुहोस्