बक्स अफिसमा असफल ‘सम्हालिन्छ कहिले मन’


भाद्र १७ गतेबाट रिलिज भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ ले बक्स अफिसमा कमाल मच्चाउने अपेक्षा गरिएको थियो। लभ स्टोरी चलचित्र बनाउन माहिर सुदर्शन थापा र दर्शकको नजरमा हिट पूजा शर्मा र आकाश श्रेष्ठको जोडी भएको कारण पनि चलचित्र प्रति अपेक्षा बढी नै थियो । अझ गायक सोनाम तोप्देनको डेव्यु चलचित्र पनि। चलचित्र घोषणा केहि बर्ष अगाडी भएको थियो। यो बेला तीनै जनाको क्रेज आकाशिएको थियो। चलचित्रको प्रमोशनको दौरान चलचित्रको मेकिङ्गलाई लिएर खुव चर्चा भएको थियो।

निर्देशक थापाले बलिउड लेभलको मेकिङ्ग भएको प्रतिक्रिया दिएका थिए। तर चलचित्रको इनिशियल व्यापार मात्र भयो। रिलिजको दुई दिन राम्रो व्यापार गरेको चलचित्र विकडेज सम्म आइपुग्दा दर्शकको मन जित्न असफल भयो। महँगो लगानीमा निर्माण भएको चलचित्र बक्स अफिसमा नराम्रो संग चिप्लियो ।
लगातार हिट चलचित्र दिदै आएकी पूजाको यो लगातार दोश्रो बक्स अफिस असफलता हो। आकाश र पूजाको जोडीको पनि दोश्रो असफलता।

प्रतिक्रिया दिनुहोस्