‘हामी तीन भाई’ मा अस्मिता अधिकारीको स्वर


राजेश हमाल, स्वं. श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसी प्रमुख भूमिकामा रहेको चलचित्र ‘हामी तीन भाई करिव १७ बर्ष अगाडी रिलिज भएको थियो । सफल चलचित्रका धरै दृश्य र गीत अहिले पनि स्मरणमा ताजा नै रहन्छ ।

पुन: यहि नाममा अर्को चलचित्र बन्ने भएको छ । गएको बर्ष नै घोषणा गरिएको चलचित्रको नयाँ गीत रेकर्ड गरिएको छ । अस्मिता अधिकारी र साप शक्तिको स्वर रहेको गीतमा शक्तिकै स्वर रहेको छ । सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहने चलचित्रमा मधुसुदन भट्टराईको निर्देशन रहनेछ। साजिक महत प्रस्तुतकर्ता रहेको चलचित्रको मुख्य कलाकार छनोटको प्रक्रिया चलिरहेको छ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा शिव ढकालको छायांकन, मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्