नेपाल टुरमा ‘बाबरी’ टीम, कुन दिन कुन ठाउमा हुदैछ कार्यक्रम ?


असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’ टिम मोफलस टुरमा निस्कने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठुला सहरमा आयोजना गरिने बताए ।

चलचित्रको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि आफ्नो टिमले चलचित्रको प्रचार प्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक पौडेलको भनाई छ । बाबरी टिम असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फकिर्ने छ ।

यस्तै ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगितिक भव्य कन्सर्टको आयोजना गर्दै चलचित्रको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय छ। चलचित्रलाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्