आमा बनेपछिकी ऋचा,’१४ केजी तौल घटाईन्, काममा बनाउदैछिन् आफैलाई सक्रिय’


नेपाली चलचित्र क्षेत्रको लागी सफल नाम हो , ऋचा शर्मा। आफ्नो अभिनय कलाले सवैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिष्ट समेत हुन्। ‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समिक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी छिन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटो मुनिको फुल दुई, को आफ्नो लगायतका धेरै चलचित्रमा उनले आफ्नो अभिनय कलाले दर्शकको मन जित्न सफल भएकी छिन्। कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की जज सामेत रहेकी ऋचाले २०१९ मा दिपेक्ष विक्रम रानासंग विवाह गरेकी ऋचा यतिबेला एक सन्तान की आमा समेत बनेकी छिन्। मातृत्व सुख लिईरहेकी ऋचा यतिबेला काममा समेत फर्किरहेकी छिन्।

सन्तान प्राप्तिपछी बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरि प्रोजेक्टको सुटिङ्ग यतिबेला सकेकी छिन्। ७७-७८ केजी तौल पुगेकी ऋचाले आफ्नो तौल झन्डै १४ केजी घटाएकी छिन्।

ऋचा भन्छिन्, ‘आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिए। यो प्राकृतिक प्रक्रिया पनि हो। मैले आमा बनिसकेपछी व्यायाम र डाइट गरेर झन्डै १४ केजी तौल घटाए। अहिले काममा पनि आफुलाई व्यस्त राखिरहेकी छु।’

प्रतिक्रिया दिनुहोस्