नौ अभिनेत्रीलाई ‘राष्ट्रिय नव दुर्गा सम्मान’


अभिनेत्री रेजिना उप्रेतीको रेजिना इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा हरेक बर्ष हुने ‘राष्ट्रिय नव दुर्गा सम्मान’ यो बर्ष असोज १० गते हुने भएको छ । घटस्थापनाको दिन रेजिनाले तेश्रो संस्करणको नवदुर्गा सम्मान आयोजना गर्दैछिन्। रेजिना इन्टरटेन्मेन्ट प्राली र बिमला केसीको शहिद फिल्म्स प्रालिले संयुक्त रुपमा सम्मानको आयोजना हरेक बर्ष गर्दै आएको छ। कार्यक्रममा ९ जना अभिनेत्रीलाई सम्मान गरिदैछ।

अभिनेत्री भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, प्रियंका कार्की, मेनुका प्रधान, पूजा शर्मा, शिल्पा पोख्रेल र सुहाना थापालाई यो बर्ष सम्मान गरिदैछ।

प्रतिक्रिया दिनुहोस्