आकाश र मल्लिका अभिनीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो ? ‘ रिलिज (भिडियो ) 


चर्चित गायन रियालिटी सो इन्डियन आइडल १२ का विजेता पवन दीप राजनको पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो ? ‘ सार्वजनिक भएको छ।

गीतकार आनन्द अधिकारीको शब्द रचना र लोकप्रिय म्युजिक डाइरेक्टर शिखर सन्तोषको सङ्गीत रहेको गीतलाई नेपालकै अग्रणी म्युजिक कम्पनी ‘म्युजिक नेपाल’को च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। कैलाश स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । पछिल्लो समयका चर्चित कलाकारहरू आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भूषण दाहालले निर्देशन गरेका हुन् । गीतको भावअनुसार भिडियो निकै आकर्षक र लोभलाग्दो बनेको छ। डोर बहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी,पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सह निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्