प्रसाद २ मा केकी अधिकारी, यस्तो बन्यो नयाँ समीकरण


सुदर्शन थापाको निर्देशनमा निर्माण तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ ले अभिनेत्री फाइनल गरेको छ। अभिनेत्री नम्रता श्रेष्ठले चलचित्र छाडेपछि केहि अभिनेत्री समक्ष प्रस्ताव लिएर पुगेको निर्माण टिमले केकीसंग सम्झौता गरेको हो।

निर्माण टिम र कलाकारको विवादले सुटिङ्ग सेट बाट छायाकन रोकिएको चलचित्र मंसिरमा फ्लोअरमा जाने तयारीमा रहेको छ।
चलचित्रमा विपिन कार्की, केकी अधिकारी र अर्पण थापा मुख्य भूमिकामा रहनेछन्। पहिलो सिक्वेलका नम्रता श्रेष्ठ र निश्चल बस्नेत चलचित्रमा देखिनेछैनन्। सुशील पौडेलको कथामा चलचित्र निर्माण हुदैछ।

प्रतिक्रिया दिनुहोस्