साथी युद्धसंग पूजाको लुकाछीपी, राखिन् यस्तो पोष्ट


अभिनेत्री पूजा शर्मा सधै चर्चामा रहेन नाम हो। उसो त प्रेमगीत पछि सफलताको स्वाद चाख्दै आएकी पूजा पछिल्लो समय युद्ध बानियासंग प्रेममा रहेको चर्चा हुने गर्दछ। पूजाले यो कुरा न सार्वजनिक रुपमा स्वीकारेकी छिन् न त अस्विकार नै गरेकी छिन्। तर देख्ने जति सवैले मिलेको जोडी भन्दै दुवैको प्रशंसा गरेको देखिन्छ।
हिजो मात्र युद्धले आफ्नो जन्मदिन मनाए। पूजाले उनिसंगको एक भिडियो सामाजिक संजालमा राख्दै क्याप्सन राखिन् , ‘जन्मदिनको शुभकामना साथी।’ उनि युद्धसंगका पोष्टहरु आफ्नो सामाजिक संजालमा कम नै राख्ने गर्छिन्। जन्मदिन त बिशेष नै भैहाल्यो। उनले पोष्ट राखिन्।
जन्मदिनको बेलुका एक क्लबमा सेलिब्रेसन गरेका भिडियो पनि सामाजिक संजालमा देखिएका छन्। युद्धलाई उनले आफ्नो मन मिल्ने साथीको रुपमा चिनाउदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्