बालगृह महासंघमा सहयोग गर्दै प्रेम गीत ३ ले मनायो उज्यालोत्सव


चलचित्र ‘प्रेमगीत ३’ ले महासंघमा उज्यालोउत्सव मनाएको छ। बुढानिलकण्ठमा रहेको बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरुसँग खानपिन, देउसीभैलो तथा दिपावलीको शुभकामना आदानप्रदान गरेर चलचित्रका टिमले सफलताको खुसी साटेको हो । चलचित्रका निर्माता, निर्देशक, नायक, नायिका तथा कलाकारहरुको उपस्थितिमा देउसीभैलो खेलिएको थियो।

कार्यक्रममा बालगृहमा बस्दै आएका सम्पुर्ण बालबालिकाको १ बर्षसम्म लाग्ने स्कुल फि, सबैका लागि लत्ताकपडा, सिरक तथा डसना प्रदान गरिएको थियो।


सोहि कार्यक्रमको अवसरमा बोल्दै निर्माता/निर्देशक सन्तोष सेनले भने,’नेपाली चलचित्रलाई संसारभरका दर्शकसम्म पुर्याउने महत्वकांक्षी योजनामा सफल र दर्शकबाट पाएको उच्च सफलताको बिजयोत्सव हो।’
आजको दिन ति सबै दुःख र संघर्षका दिन भुलेका छौं । चलचित्र सफल भयो, यो सफलताको सेलिब्रेट हामीले यसपटक फरक किसिमले र फरक व्यक्तिहरुमाँझ खुसी साटेर मनाएका छौं ।


बुढानिलकण्ठमा रहेको बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरुसँग खानपिन, देउसीभैलो तथा दिपावलीको शुभकामना आदानप्रदान गरेर सफलताको खुसी साटेका छौं । यो खुसीको अवसरमा हामीले बालगृहमा बस्दै आउनुभएका सम्पुर्ण बालबालिकाको १ बर्षसम्म लाग्ने स्कुल फि, उनीहरु सबैका लागि लत्ताकपडा, सिरक तथा डसना प्रदान गरेका छौं । यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महशुस थिएन । बालगृह महासंघको भवन जिर्ण अवस्थामा थियो, हाम्रो टिमले घरलाई मर्मत सम्भार गरेर रङरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो, सायद फाइभस्टार होटलमा सेलिब्रेट गर्दा यो खुसी पाइदैन्थ्यो । स्वर्गिय लेखक निर्देशक दाई क्षेतेन गुरुङलाई यो समय असाध्यै सम्झना गरेका छौं । सायद उहाँको परिकल्पना नभएको भए हामी यो कथामा चलचित्र बनाउने सम्भावना पनि थिएन होला । चलचित्र सफल भएको छ, यसको सम्पुर्ण श्रेय हामीले दर्शक, मिडियाकर्मी, चलचित्रकर्मी र हाम्रा शुभचिन्तकहरुमा समर्पण गर्न चाहान्छौैं ।

प्रतिक्रिया दिनुहोस्