आमासंग अभिनेत्री पूजाको लक्ष्मी पूजा


हिन्दु नेपालीहरुको महान पर्व तिहार अन्तर्गत लक्ष्मीपूजा हिजो सम्पन्न भएको छ। उज्यालो पर्वमा धनकी देवी लक्ष्मीको पूजा गर्दै देशैभर लक्ष्मी पूजा सम्पन्न भएको हो।

सामाजिक संजालमा आम नागरिक देखि सेलिब्रेटीले लक्ष्मी पूजाको तस्विर शेयर गरेका छन् । लामो समय बाट सामाजिक संजालबाट टाढा भएकी अभिनेत्री पूजा शर्माले आफ्नी आमासंगको लक्ष्मी पूजा र रंगोलीको तस्विर शेयर गरेकी छिन्।

प्रफुल्ल मुद्रामा देखिएकी पूजा चाडै नै व्यावसाय र नयाँ चलचित्र लिएर दर्शक माझ आउदैछिन्।

प्रतिक्रिया दिनुहोस्