हरेको घरको समस्या भन्दै अलग्गिए रमेश र किरण


अभिनेता रमेश उप्रेती र उनकी श्रीमती किरण बिचको डिभोर्सको खबरले यतिबेला चलचित्र नगरी गर्माएको छ। केहि दिन बाट यी दुवैले डिभोर्स गरेको समाचारले मिडिया निकै तातेको छ। तर यो खबरमा सत्यता नभएको उनले बताएका छन्। अनलाइन खबरसंग कुरा गर्दै उनले डिभोर्स भएको कुरामा सत्यता नभएको बताएका छन्। तर दुवै अलग बस्दै आएको कुरा चै उनले स्वीकारेका छन्। उनले यो हरेक घरको समस्या रहेको र हामी दुवैजना एकअर्कालाई पर्सनल स्पेश खोजिरहेको बताएका छन्।

किरणले रमेशसंग दोश्रो विवाह गरेकी थिइन् । रमेशले आफ्नो समाजिक संजालको एकाउन्ट नाममा पनि किरणको नाम राखें गरेका थिए। केहि समय अगाडी देखि भने उनले किरण नाम हटाएका थिए।

प्रतिक्रिया दिनुहोस्