बाबु बोगटीको नयाँ गीत सान्नानी २ सार्वजनिक


सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत सान्नानी २ बजारमा सार्वजनिक भएको छ ।

 राजधानीका भिन्न भिन्न रमणीय स्थानहरूमा २ दिन लगाएर छायाङ्कन गरिएको भिडियोमा प्रहिल कार्कीको निर्देशन र बाबु बोगटी, नंदिता केसी फिचर्ड छन् । माधव बेलबासेको सम्पादन रहेको भिडियोको छायाङ्कन उत्तम हुमागाईँले गरेका हुन् ।

 वि.सं. २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यस बेला निकै चर्चित भएको थियो । यो गीतबाटै गायक बोगटी साङ्गीतिक क्षेत्रमा स्थापित हुनुभएको थियो । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्