महाभारतको झल्को दिने ‘पाँच पाण्डव’ पोष्टर


कार्तिक २० गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘पाँच पाण्डव’ को पहिलो झलक सार्वजनिक गरिएको छ। तिहारको अवसर पारेर रिलिज चर्चामा रहेको चलचित्रले पहिलो झलक सहित रिलिज मिति घोषणा गरेको हो। यो मितिमा रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’ र सागर लम्साल बले मुख्य भूमिकामा रहेको चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ पनि संगै रिलिज हुनेछन्।

‘पाँच पाण्डव’ का पोस्टरमा पाँच मुख्य कलाकार हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन् । रथमा सवार उनीहरूलाई महाभारतका पाँच भाइहरू युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको रूपमा प्रस्तुत गरिएको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सिता न्यौपाने लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ छिन् ।

रंग पत्रकार सुशील पौडेलको लेखन रहेको चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्