‘के घर के डेरा’ ले पहिलो साता कति कमायो?


कार्तिक ३ गतेबाट रिलिज भएको चलचित्र ‘के घर के डेरा’ को पहिलो साताको कमाई सार्वजनिक भएको छ। निर्माण कम्पनी ‘ए प्लस इन्टरटेन्मेन्ट’ ले सार्वजनिक गरेको आंकडा अनुसार चलचित्रले ३ करोड ६३ लाख कमाई गरेको छ। चलचित्रको यो कमाई पहिलो सप्तान्तः को आकर्षक कमाई हो। चलचित्रले लगभग लगानी सुरक्षित गरेको छ। दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा दयाहाङ्ग राई, विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ।

सामाजिक कमेडी जनराको चलचित्रलाई दर्शकले रुचाएका छन् भने समिक्षकले ठिकठाक प्रतिक्रिया दिएका छन्। तिहारको बिदाको फाइदा उठाएको चलचित्र दोश्रो साता पनि राम्रो शो र दर्शकको साथ पाइरहेको छ। आइतबार सम्मको विदाले चलचित्रको व्यापार अझ आक्रामक हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्