‘माया हो’मा आकाशसँग रोमान्टिक पबी


‘नेपमेलो कम्पनी’ को युट्युब च्यानलबाट ‘माया हो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा कोमल सोबको स्वर, संगीत र शब्द छ । भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायांकन, नविन निरौलाको सम्पादन छ।

यो गीतको भिडियोमा मोडलद्धय आकाश कार्की र पबी साकीको अभिनय हेर्न सकिन्छ । पबी सुदुरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी मोडल हुन् । टिकटकमा उनको राम्रो फ्यान क्रेज छ । भिडियोमा आकाश र पबी रोमान्टिक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्