फागुनमा अनमोलको ‘छड्के २’


अभिनेता अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के २’ को पोष्टर सार्वजनिक भएको छ । नयाँ पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले फागुन १९ गतेलाई रिलिज मिति तय गरेको छ । सार्वजनिक पोष्टरमा अनमोल केसीको ग्यांगस्टार लुक्स समावेश गरिएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अनमोलको साथमा रविन तामाङ्ग, कमलमणि नेपाल, सृजना सुव्वाको साथमा डेव्यु नायिका रेशा आले मगरको मुख्य भुमिका रहेको छ ।
काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुल सह निर्माटाको रुपमा रहेका छन् । प्रशान्त गिरि र देव कुमार श्रेष्ठ निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्