सरोजको ‘बगान’ फागुन १२ मा , करिश्मा मानन्धर मुख्य भूमिकामा


अभिनेता सरोज खनालको डेव्यु निर्देशनमा तयार भएको चलचित्र ‘बगान’ को लिरिकल गीत सार्वजनिक गरिएको छ । निकै मर्मस्पर्शी ‘उडी छुनु छ आकाश’ बोलको गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत संगै प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ। एकल महिलाको सन्तान प्रतिको प्रेम र एक्लोपनको कथा बोलेको चलचित्र फागुन १२ गतेबाट रिलिज हुदैछ।

सार्वजनीक गीतमा सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत र बानीका प्रधानको स्वर रहेको छ। गीतको लिरिकल भिडियोमा अभिनेत्री करिश्मा मान्नधर र नव नायिका प्रमिला कार्कीलाइ आमा छोरीको रुपमा प्रस्तुत गरिएको छ। सुरेश वाग्ले प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्माताको रुपमा विनोध मानन्धर रहेका छन्।

चलचित्रमा बसुन्धरा भुषाल, निर शाह, सरोज खनाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा आकाश श्रेष्ठ बिशेष भूमिकामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्