छोरी पाएपछि श्वेता लेख्छिन्: ‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ ।’


अभिनेत्री श्वेता खड्काले मङ्गलवार पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन्।  दुई वर्ष अगाडी धनगढीका विजेयन्द्र सिंह रावतसँग विवाह गरेकी श्वेताले मङ्गलवार छोरीलाई जन्म दिएकी खुसी सामाजिक सञ्जालमा साटेकी छिन्।

  आफ्नो फेसबुकमा स्ट्याटस राख्दै श्वेताले लामो समयको अन्तराल पश्चात् आफ्नो जीवनमा खुसीको अर्को अध्याय थपिएको बताएकी छिन् ।  


श्वेता लेख्छिन्: ‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुसीको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दीप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र  अबोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ । आजबाट मैले  संसारकै सबै भन्दा सुन्दर शब्द “आमा” बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठुलो अवार्ड हो , सबैभन्दा अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति हो ।

 मेरो प्रसव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रति साहनुभुती जनाइदिने मेरा आफन्त, परिवार, नातागोता र शुभचिन्तकहरू सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो  साथ दिने मेरो जीवनसाथी बिजयन्द्र शिह रावत लाई मुरी मुरी माया ।

 मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी “परी”लाई  यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’ 

प्रतिक्रिया दिनुहोस्