चलचित्र ‘निरमाया’ को पहिलो गीत ‘मायाको रंग हुँदैन’


चलचित्र ‘निरमाया’ को पहिलो गीत सार्वजनिक भएको छ। सामजिक चलचित्रमा समावेश ‘मायाको रंग हुदैन’ सार्वजनिक गरिएको हो। धर्मेन्द्र सेवान र रेखा शाहको आवाजमा रहेको गीतमा उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत रहेको छ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्दि पौडेल फिचर्ड छन् । अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति सामाजिक चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। चलचित्रमा महेश तिमल्सिना कार्यकारी निर्माता र रोजा तिमल्सिना र रमेश दाहाल निर्माताको रुपमा छन् ।


रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, अनीता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकार चलचित्रमा मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्