जन्मदिनमा आकाशलाई सुनको उपहार, आमा सम्झदै फ्यानलाई दिए धन्यवाद(भिडियोसहित)


अभिनेता आकाश श्रेष्ठले कार्तिक १९ गते आफ्नो २९ औ जन्मदिन मनाए । हरेक बर्ष झैँ यो बर्ष पनि उनका फ्यानले उनको जन्मदिनलाई भव्य बनाउन कुनै कसर बाँकि राखेनन्। कोटेश्वर नजिकै रहेको एक पार्टी प्यालेसमा उनको जन्मदिनको बिशेष कार्यक्रम आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा कोट पेन्टमा सजिएर आकाश पुगेका थिए। औपचारिकता निभाउदै सुरु गरिएको कार्यक्रममा यो पटक पनि फ्यानले उनलाई सुनका उपहार प्रदान गरे। सुनको ब्रासलेट, औठी र कानमा टप फ्यानले उनलाई लगाइदिएका थिए। जन्मदिनमा उनले फ्यानसंगै केक काटे र केहि समय उनीहरुसंगै नाचे।

संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले यो माया आफ्ना लागी सधै उर्जा भएको प्रतिक्रिया दिए। उनी भन्छन्, ‘म परिवारबाट टाढा एक्लै बस्छु। परिवारसंगै जन्मदिन मनाउन पाउदिन। उहाहरु संग जन्मदिन मनाउन पाउदा सधै खुशी मिल्छ र आशिर्वादको रुपमा लिन्छु।’

प्रतिक्रिया दिनुहोस्