पूजालाई २० लाखमा शोभितले बेचे ‘बद्रिबहादुर’


शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्रि बहादुर’ को विदेश राइट्स बिक्रि भएको छ। बुधाबर निर्देशक बस्नेतले पूजा तामाङ्गलाई चलचित्रको विदेश राइट्स बेचेका छन्। पूजाले चलचित्रको सम्पूर्ण विदेश राइट्स २० लाखमा खरिद गरेकी छिन् । २६ लाखमा बनेको चलचित्रको लगानी शोभितले विदेश राइट्स र केहि समय अगाडी अष्ट्रेलियामा प्रदर्शन गरेर उठाईसकेका छन् ।

शोभित यस्ता निर्माता निर्देशक हुन् जो कम लगानीमा चलचित्र निर्माण गरेर फाइदा कमाउन सिपालु छन्।
अब विदेशमा चलचित्र प्रदर्शनको सम्पूर्ण अधिकार पूजामा रहनेछ। चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ । पूजा शर्मा र सलोन बस्नेत एक गीतमा फिचर रहेका छन् । सोहि गीत सार्वजनिक गर्दै निर्माण टिम प्रचार सुरुवात गर्ने तयारी गर्दैछ। रवि अधिकारी चलचित्रको कार्यकारी निर्माता हुन्। एबी पिक्चर्स फार्म र सलोन सलीना व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । चलचित्रको निर्मातामा मिथुन भोटे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्