‘नाई न भन्नु ल ६ ‘ डेव्यु नायकसंग झापामा आंचल


विकास राज आचार्यको निर्देशनमा तयार हुदै रहेको नयाँ चलचित्र ‘नाई न भन्नु ल ६’ को यतिबेला झापाको विर्तामोडमा सुटिङ्ग भैरहेको छ। काठमाण्डौमा केहि दिनको सुटिङ्ग गरेर निर्माण टिम झापा तर्फ गएको हो। आंचल शर्मा र आशिर्वाद क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्रको सुटिङ्ग सेटबाट एक तस्विर लिक भएको छ।

सामाजिक संजाल टिकटकमा आंचल र आशिर्वादले दिएको टेकको दृश्य लिक भएको हो। सार्वजनिक भएको दृश्यमा आशिर्वादले एक दृष्टिविहिन युवाको भूमिका निर्वाह गरेको देखिन्छ । आंचल भने एक चुलबुले केटिको रुपमा देखिएकी छिन्।

चलचित्रमा निखिल संचिताका छोरा अथर्व उप्रेती बाल कलाकारको रुपमा डेव्यु गर्दैछन्। अनुभव रेग्मी यसमा अतिथि भूमिकामा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्