बैशाख १ गते ‘नाई न भन्नु ल ६’ , सुहानाको ‘भगवत गीत’ संग भिडन्त


निर्देशक विकासराज आचार्यको निर्देशनमा छायाँकन भैरहेको चलचित्र ‘नाई न भन्नु ल ६’ को यतिबेला झापामा सुटिङ्ग भैरहेको छ। आंचल शर्मा र नव-नायक आशिर्वाद क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्र बैशाख १ गते रिलिज हुने भएको छ। २०८० को बैशाख १ गते चलचित्र रिलिज गर्ने सोचमा निर्माण टिम रहेको छ। सोहि तयारीका साथ निर्माण टिम यतिबेला सुटिङ्गमा व्यस्त रहेको छ।

सोहि मितिमा झरना थापाको निर्देशनमा तयार हुने चलचित्र ‘भगवत गीता’ ले आफ्नो रिलिज मिति तय गरिसकेको छ । सुटिङ्गमा जान बाँकी रहेको चलचित्रको रिलिज घोषणा झरनाले धेरै अगाडी गरिसकेकी छिन्। सोहि मितिमा दयाहाङ्ग राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको ल्चचित्र ‘बिहे पास’ रिलिज हुने चर्चा समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्