सुहानालाई हिरोको अभाव, कहिले सुरु होला ‘भगवत गीता’?


निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रको घोषणा भएको लामै समय भयो। सुहाना थापालाई प्रमुख भूमिकामा लिएर २०८० बैशाख १ गते रिलिज गर्ने गरि चलचित्रको टाइटल घोषणा समेत गरियो। चलचित्रको टिमले केहि चलेका कलाकारसंग चलचित्रको मुख्य भूमिकाका लागि अफर समेत गर्यो। तर अफर गएका कलाकार चलचित्रमा काम गर्न राजी भएन। यतिबेला चलचित्रको सुटिङ्ग कहिलेबाट सुरुवात गर्ने अन्योलमा निर्माण टिम रहेको छ। चलचित्रमा हिरोको खोजी त भइरहेको नै छ चुनावले चलचित्रको सुटिङ्ग समेत प्रभावित भैरहेको छ।

निर्देशक झरना थापाले हामीसंगको कुराकानीमा हिरोको खोजि भैरहेको कारण चलचित्रको सुटिङ्ग समयमा सुरुवात हुननसकेको बताईन। झरना भन्छिन्,’ चलचित्रको लागी मुख्य कलाकारको खोजी जारी रहेको छ। हामीले सकेसम्म नयाँ कलाकारको खोजी गरिरहेका छौ। फेरी यहि मौकामा चुनाव पनि आयो। सवै माहोल हेर्दा चुनाव पछि सुटिङ्ग सुरुवात गर्ने सोचमा रहेका छौ। ‘

चलचित्रको सार्वजनिक टाइटल घोषणा भिडियोमा सुहाना थापाको लुक्सको प्रशंसा मिलेको थियो।

प्रतिक्रिया दिनुहोस्