सकियो नाजिर र संचिताको ‘गुलाबी’ सुटिङ्ग


पारलैगिक कथामा निर्माण भएको चलचित्र ‘गुलाबी’ को सुटिङ्ग सकिएको छ। कास्कीको धम्पुस बाट सुरु भएको चलचित्रको सुटिङ्ग ३२ दिन लगाएर काठमाण्डौमा आएर सकिएको हो। चलचित्रको एउटा गीतको सुटिङ्ग बाँकी रहेको निर्माण टिमले बताएको छ।

चलचित्रमा नाजिर हुसैन मुख्य भूमिकामा रहेका छन् भने सञ्चिता लुइँटेल, सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ र शिशिर राणाको अभिनय चलचित्रमा देख्न सकिन्छ। समुन्द्र भट्टले चलचित्रलाई निर्देशन गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्