नवलपरासी पुगेर विनोद चौधरीलाई प्रदिप खड्काले मागे भोट


देश चुनावी माहोलमा रहेको छ। चुनाव नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्। विभिन्न सेलिब्रेटीहरु पनि आफ्नो समर्थनमा रहेका उम्मेदवारको पक्षमा खुल्दै आएका छन् । अभिनेत्री मनिषा कोइराला राप्रपाको पक्षमा खुलिसकेकी छिन्।

यहि बीचमा अभिनेता प्रदिप खड्काले नेपाली कांग्रेसका उम्मेदवारलाई भोट मागेका छन्। नवलपरासीको वर्दघाटमा पुगेर उनले नेपाली कांग्रेसका उम्मेदवार उद्योगपती विनोद चौधरीलाई भोट मागेका छन्। प्रधानमन्त्रि शेर बहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्च नेतृत्वको उपस्थिति रहेको समारोहमा प्रदिपले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्