A vertical shot of the black cat in the dark darkness

पारमिता राणा : ‘उचाई’ को सेटबाट तस्विरमात्र, तर अभिनय थियो भारतीय कलाकारको डमी रोल


यतिबेला नेपालमा भारतीय चलचित्र ‘उचाई’ को चर्चा रहेको छ। नेपालमा र नेपालको सगरमाथा बेस क्याम्पमा सुटिङ्ग गरिएको चलचित्रले नेपाललाई जुन रुपमा प्रस्तुत गरिएको छ त्यसले नेपाललाई गर्विलो महसुस गरायो भनेर चर्चा भैरहेको छ। अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिनिति चोपडा, निना गुप्ता लगायतका कलाकारको अभिनय रहेको चलचित्रको सुटिङ्गमा केहि नेपाली कलाकारको उपस्थिति रहेको थियो।

चलचित्रमा नेपाली कलाकार रहने भनेर उबेला खुब चर्चा समेत भएको थियो। यतिबेला भारतीय चलचित्र क्षेत्रमा आफ्नो सक्रियता समेत बढाउदै गएकी अभिनेत्री पारमिता राणा र मोडल तथा डान्सर सरोज प्रजा चलचित्रमा राम्रो भूमिकामा देखिने चर्चा थियो। सरोजले चलचित्रमा अभिनेता डेनीको जवानीको भूमिका निर्वाह गरेका छन्। तर दुखलाग्दो कुरा के भने फ्ल्यासब्याकमा १ सिनमा धमिलो रुपमा उनी देखिन्छन्।


पारमिताले त चलचित्रको सुटिङ्गका दौरानमा कलाकार देखि त्यहाको भूगोलसम्मको फोटो र स्टोरी पोष्ट गरेकी थिइन्। केहि दिन उतै बिताएकी पारमिता चलचित्रमा एक ठाउ पनि उपस्थिति छैनन्। उनका पोष्ट र उबेलाको सक्रियता हेर्दा चलचित्रमा राम्रै भूमिकामा उनी देखिने अपेक्षा चलचित्रकर्मी र दर्शकलाई थियो। तर उनको उपस्थिति चलचित्रमा देखिन्न। निर्माण टिमले उनी भारतीय एक अभिनेत्रीको डमी रोलमा मात्र भएको बताएको छ। सारिका हसन हो नेपालमा जन्मिएर भारत पुगेको रोल गरेकी छिन् उनको डमी रोल पारमिताले गरेको निर्माण टिमले जानकारी दिएको छ । उनले आफ्नो सामाजिक संजालमा पछिल्लो एक महिना बलिउडको प्रतिष्ठित ब्यानर राजश्री फिल्मस र निर्देशक सुरज ब्रजातियासंग काम गर्नु आफ्नो लागी निकै राम्रो अनुभव र सिकाई भएको लेखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्