A vertical shot of the black cat in the dark darkness

हिन्दी डबमा पल, वर्षा र नाजिरको ‘वीरविक्रम २ ‘, हेर्नुहोस् ट्रेलर


मिलन चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम’ ले मिश्रित प्रतिक्रिया बटुल्यो। केहि बर्ष अगाडी रिलिज भएको चलचित्रले हल बाट लगानी उठाउन गाह्रो परेको थियो।

पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्ग मुख्य भूमिकामा रहेको चलचित्र अव हिन्दिमा रिलिज हुने भएको छ। निर्माण टीमले चलचित्रको ट्रेलर सार्वजनिक गर्दै युट्युवमा चलचित्रको हिन्दी भर्सन रिलिज हुने जानकारी दिएको हो। निर्देशक चाम्सले आफ्नो सामाजिक संजालमार्फत करिव ३ बर्ष अगाडी हिन्दी डबमा तयार भएको चलचित्र मङ्सिर १५ गतेबाट युट्युवमा रिलिज हुने जानकारी दिएका हुन्। चलचित्र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्