सलोनको ‘मिलन’ प्रिमियरमा को- को पुगे? ( तस्विर/फोटो)


मङ्सिर ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मिलन’ को मङ्सिर ६ गरे मंगलबार प्रिमियर गरिएको छ। कीर्तिपुर स्थिति कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रिमियरमा केहि चलचित्रकर्मी र पारिवारिक व्यक्तित्वको उपस्थिति रहेको थियो।

बरिष्ठ कलाकार निर शाह, निर्देशक कलाकार शोभित बस्नेत, वितरक गोपालकाजि कायस्त लगायतका चलचित्रकर्मीको प्रिमियरमा उपस्थिति रहेको थियो।

त्यस्तै प्रिमियरको मुख्य आकर्षण भने अभिनेता सलोन बस्नेत रहेका थिए। मङ्सिर १२ गते विवाहको तयारीमा रहेका सलोन चलचित्रका मुख्य कलाकार हुन्। सलोनको परिवार र उनको हुनेवाला पत्नी करिश्मा केसीको परिवार पनि चलचित्र हेर्न पुगेको थियो।

टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रमा सलोनको साथमा शिशिर वाङ्ग्देल, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको चलचित्र मार्फत कुशल शाह ठकुरी र शिल्पा थापा डेव्यु गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्