वैवाहिक जीवनको खटपटमा नम्रताको ‘डेसान’


अभिनेत्री नम्रता सापकोटा मुख्य भूमिकामा रहेको चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ । टिजरमा निकै बोल्ड रुपमा देखिएकी नम्रताको डेसानले विवाहपश्चात आउने सम्बन्धका दरारका कथा बोलेको छ।

चलचित्रमा नायकको रुपमा निशान चौहानले डेव्यु गर्दैछन्। नम्रता र निशानको साथमा चलचित्रमा भोलाराज सापकोटा, पुनम थापा, कविता आले लगायतको अभिनय रहेको छ। कमल एक्छाई मगरको निर्देशनमा तयार भएको चलचित्रलाई पर्फर्मीङ्ग आर्ट्स नेपालले निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्