A vertical shot of the black cat in the dark darkness

सलोनको बिहेले जुराएको स्टारको जम्काभेट (फोटो/भिडियो)


अभिनेता सलोन बस्नेतले मोडल तथा एयर होस्टेज करिश्मा केसीसंग विवाह गरे। केहि बर्षको प्रेम सम्बन्धलाई मङ्सिर १२ गते चन्द्रागिरी हिल्स रिसोर्ट पुगेर सलोन र करिश्माले विवाहको नाम दिए। १२०० बढी आमन्त्रित अतिथिलाई साक्षी राख्दै सलोन र करिश्माले एक अर्काको हुने कसम खाए।

सलोन र करिश्माको बिहेले केहि स्टार कलाकारलाई एक ठाउमा ल्याएको थियो। त्यो मध्ये सवैभन्दा चर्चामा रहेको भेट थियो, अभिनेता अनमोल केसी र सलिनमान बानियाँ साथमा अनमोल र अभिनेत्री पूजा शर्माको भेट। सलिन र अनमोलको बारेमा हामी अर्को समाचारमा चर्चा गर्नेछौ। पूजा शर्मा र अनमोल केसी एक प्रोजेक्टमा संगै सहकार्य गर्ने सम्झौता भैसकेको छ। अनमोल यतिबेला छड्के २ मा व्यस्त छन् भने पूजा व्यावसयिक निर्माणमा।

दुवै यो काम पश्चात संगै सहकार्यको तयारीमा रहेका छन्। निर्देशक शोभित बस्नेतले बोलाइएका कलाकार अतिथिका लागी छुट्टै बस्ने स्थानको व्यवस्था गरेका थिए। मिडियाका क्यामेरा बाट टाढा राख्दै शोभितले अभिनेता भुवन केसी, अनमोल केसी, सलिनमान बानियाँ, पुजा शर्मा, बर्षा राउत लगायतका कलाकारलाई साथ राखेका थिए।

स्टार जमघटको माहोल निकै लोभलाग्दो रहेको थियो। भुवन, पुजा, बर्षा लगायत एक ठाउमा थिए भने अनमोल सलिन लगायतको टोलि अर्को साइडमा। पुजा, अनमोल र वर्षाले एकअर्कासंग भेटेर हालखबर बुझेका थिए। अनमोल र सलिन भने झन्डै १ घण्टा संगै बसेर गफिएका थिए।

प्रतिक्रिया दिनुहोस्