A vertical shot of the black cat in the dark darkness

अनमोल र सलिनको भेटमा देखिएको हार्दिकता


कलाकार सलिनमान बानियाँले पहिलो चलचित्रबाट नै उल्लेख्य चर्चा पाए। ‘ए मेरो हजुर २’ डेव्यु नायकलाई सम्भावना बोकेका अभिनेताको रुपमा हेरियो। उनको लुक्सको चर्चाले नेपाली चलचित्र बजारलाई तरंगित बनायो। दोश्रो चलचित्र ‘ यात्रा’ अभिनय पश्चात उनि चलचित्र अभिनयमा ब्याक भएका छैनन्। पुगेका चलचित्रका अफरलाई उनी रिजेक्ट गरेर बसिरहेको बुझिन्छ। यता ए मेरो हजुरको तेश्रो सिक्वेलमा सलिनको ठाउमा स्टार अनमोल केसी मुख्य अभिनेताको रुपमा अनुबन्धित भए। उनले ए मेरो हजुरका २ सिरिजमा लगातार काम गरिसके।

सलिनको नेपाली चलचित्र क्षेत्रको प्रवेश अनमोलसंगको नयाँ प्रतिष्पर्धीको रुपमा हेरिएको थियो। दुवैको जम्काभेट मिडिया र सार्वजनिक कार्यक्रममा देखिएको थिएन। तर यो संयोग अभिनेता सलोन बस्नेतको विवाहमा देखियो। अनमोल र सलिन दुवै सलोनका मिल्ने साथी हुन्। दुवैको डेव्यु चलचित्रमा सलोन मुख्य सहयात्रीको रुपमा रहेका थिए। सलोनको विवाहको सुरुवाती इभेन्ट देखि सलिन साथमा रहेका छन्। अनमोल भने चितवनमा चलिरहेको ‘छड्के २’ को सुटिङ्ग १ दिनलाई स्थगन गरेर सलोनको विवाहको लागी काठमाण्डौ आएका थिए। उनी चितवन फर्कीसकेका छन्। अनमोल र सलिन बेहुला-बेहुलीसंगै बसेर निकै लामो समय गफिएका थिए । त्यो संगै उनीहरुलाई बस्न बानिएको टेबलमा दुवै संगै झन्डै १ घण्टा साथ बसेर गफ गरिरहेका थिए । दुवैको भेट र हार्दिकता निकै लोभलाग्दो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्