‘छड्के २’ को क्लाइमेक्स भाइरल


अभिनेता अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के २’ को क्लाइमेक्स सिनको सुटिङ्ग यतिबेला भैरहेको छ । केहि दिनको सेड्युल बाँकी रहेको चलचित्रको सुरुवातको सिन केहि समय अगाडी टिकटकमा भाइरल भएको थियो। चरम पाइरेसीको मारमा पर्ने नेपाली चलचित्र मध्येमा अनमोल केसीका चलचित्र पनि पर्ने गर्दछन् ।

केहि समय अगाडी उनको चलचित्र ‘ए मेरो हजुर ४’ को क्लाइमेस्क दृश्य टिकटकमा भाइरल भएका थिए। यस्तै छड्के २ का क्लाइमेक्समा दृश्य टिकटक र युट्युवमा भाइरल बनेका छन्। डाइलग सहित हालिएका भिडियोले चलचित्रको क्लाइमेक्स दृश्य सहजै पत्ता लाग्छ। फागुन १९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रललाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्