धिरज र सुहानाको जोडीलाई अनमोलको शुभकामना


अभिनेता अनमोल केसी पछिल्लो पुस्ताका डिमाण्डेड अभिनेता हुन्। उनको पाईपलाइनमा थुप्रै चलचित्र रहेका छन्। अनमोलका समकालीन अभिनेता उनका प्रतिष्पर्धी रहेका छन्। अनमोल भन्दा केहि बर्ष पछाडी चलचित्रमा आएका धिरज मगर अहिलेका अर्का डिमाण्डेड हिरो हुन्। तीन चलचित्रमा अभिनय गरेका धिरजका दुई चलचित्र रिलिज भएका छन्। लामै रस्सीकसी पछि धिरज झरना थापाको निर्देशनमा तयार हुने चलचित्र ‘भगवत् गीता’ मा जोडिएका छन्। निर्माण टिमले चलचित्रमा धिरजमा पारिश्रमिक डिमाण्ड बढी भएको बताउदै आएको थियो । अव दुवै पक्षबीच सहमित भएको छ र धिरज सुहानाको जोडी चलचित्रमा देखिने पक्का भएको छ।

अनमोलले सुहाना थापासंग २ चलचित्रमा काम गरेका छन् । दुवै चलचित्र सफल रहेका छन्। त्यसो त भगवत गीतामा अनमोलको चर्चा पनि थियो तर उनि जोडिएनन्। अनमोल सामाजिक संजालमा आउने प्रतिक्रिया र प्रतिष्पर्धी कलाकारले लगाएका आरोप र अभिव्यक्तिको खण्डन गर्दैनन्। आफ्नो काम गर्छन र प्रमोशनको समयमा मिडियामा प्रस्तुत हुन्छन्, त्यो पनि सलिन र सहज हिसाबले। त्यस्तै शैली धिरजको पनि रहेको छ।

उनी धिरज र चलचित्र ‘भगवत गीता’ को टिमलाई अनमोलले बधाई दिएका छन्। उनले समाजिक संजालको पोस्टमा गएर शुभकामना दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्