अंश मुद्धा किनारा नलाग्दै जीपीले भित्राए नयाँ दुलही, उषा र सविना एकैघरमा


पूर्व मिस नेपाल उषा खड्गी र संचारकर्मी जीपी तिमल्सेनाको सम्बन्ध चिसिएको लामो समय भैसक्यो । दुवैले जेठ २६ गते जिल्ला अदालत काठमाण्डौमा सम्बन्ध बिच्छेद समेत गरिसका छन् । अदालतको सम्पती बाडफाडको निर्णय चित्त नबुझेको भन्दै जीपीले उच्च अदालतमा पुनरावेदन दिएका छन् । उषाले उक्त निर्णय चित्तबुझ्दो भएको बताए पनि जीपीले यसमा चित्त बुझाएका थिएनन् । सोहि कारण उनले पुनरावेदन गरेका थिए । उच्च अदालतको फैसला अझै आएको छैन । अर्थात् डिभोर्सको मुद्धा अझै किनारा लागेको छैन । उषा आफ्ना दुई सन्तान सहित जीपीसंगै घरमा बस्दै आएकी छिन् । उषा घरको दोश्रो तल्लामा र जीपी तेश्रो तल्लामा बस्दै आएको बुझिएको छ ।

यतिबेला जीपीले आफ्नो जीवनमा नयाँ व्यक्तिको प्रवेश गराएका छन् । सविना अधिकारीलाई १९ मङ्सिरमा जीपीले दुलही बनाएर सोहि घरमा भित्र्याएका छन् जुन घरमा उषा र उनका दुई सन्तान बस्दै आएका छन् । उषाले कागजी रुपमा डिभोर्स भएको तर यसको कार्यान्वयन नभएको बताएकी छिन् । उनले जीपीको विवाहको समाचार सार्वजनिक भएपछी केहि मिडियामा दिएको अभिव्यक्तिले ओशी आभाष गराउछ । उनले अंश मुद्दा किनारा नलाग्दै अर्को विवाह भएको मा आपत्ती जनाएकी हुन् । जीपीको विवाहले कुनै असर नगरेको तर अंश मुद्धा नलागी गरेको विवाहमा आपत्ती भएको बताएकी छिन् । एकै घरमा बस्दा छोराछोरिमा जीपीको विवाहले मानसिक असर पर्ने चिन्ता समेत उनले व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्