नव-नायक प्रितमराज र साराको रोमान्टिक ‘गुन्जन’


पौष २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘गुन्जन’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोष्टरमा सारा शिर्पाली र नव-नायक प्रितमराज सेन्चुरीलाई प्रस्तुत गरिएको छ ।

दुवैको रोमान्टिक मुड पोष्टरमा देख्न सकिन्छ। अष्ट महर्जनको निर्देशनमा तयार भएको चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहण शाही, सुस्मिता बराल लगायतका कलाकारको अभिनय रहेको छ।

झन्डै २ बर्षबाट द्वन्द्व निर्देशन गर्दै आएका अष्टको डेव्यु निर्देशनमा चलचित्र तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्