नम्रतालाई हलमा दर्शक पाउनै गाह्रो


अभिनेत्री नम्रता सापकोटा मिडियाको हेडलाइनमा प्राय छाइरहेकी हुन्छिन्। उनले दिएका अभिव्यक्ति मिडियाको हेडलाइन बनिरहेका हुन्छन्। तर जति मिडियामा उनको हेडलाइन उनका अभिव्यक्तिले बन्छ हलमा दर्शकले उनका चलचित्र त्यति नै मात्रमा हेर्ने भने गरेका छैनन्।

अभिनयमा राम्रै दखल राख्ने नम्रताको हलमा कमर्सियल सफल बनेको चलचित्र ‘छक्का पन्जा’ हो। तर यसको फाइदा न नम्रतालाई भयो न उनको करियरलाई। उनले अन्तराल, समर लभ, ब्रासलेट, न यता न उता, बिरानो माया लगायत धेरै चलचित्रमा अभिनय गरेकी छिन्। हाल हलमा उनि अभिनित चलचित्र ‘डेसान’ हलमा रिलिज भएको छ। तर दर्शकले यो चलचित्रलाई पनि पत्याएनन्। एउटा कलाकारका लागी कमर्सियल हिट पनि आवश्यक हुन्छ । अभिनय राम्रो भएर मात्र निर्माताको लगानी नउठेपछि गाह्रो पर्ने त भयो नै।

प्रतिक्रिया दिनुहोस्