A vertical shot of the black cat in the dark darkness

सुरु भयो ‘प्रसाद २’ को सुटिङ्ग, विपिन र केकीले दिए मुहर्त सट


चर्चा र विवादमा रुमलिएको चलचित्र ‘प्रसाद २’ को सुटिङ्ग सुरु भएको छ। माछापुछ्रे गाउँपालेकामा चलचित्रको सुभसाइत गर्दै सुटिङ्ग सुरुवात गरिएको हो। चलचित्रमा नम्रता श्रेष्ठ बाहिरीपछि अभिनेत्री केकी अधिकारिको प्रवेश भएको छ। मुख्य भूमिकामा विपिन कार्की रहेका छन्।

विपिन र केकी दुवै शुभसाइत समारोहमा उपस्थित रहेका थिए। एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको सुटिङ्ग सेड्युल ४० दिनको रहेको छ। सुदर्शन थापाले चलचित्रलाई निर्देशन गर्दैछन्।

सुवास थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा विपिन र केकीको साथमा अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडी लगायतका कलाकारको अभिनय रहेको छ। संचारकर्मी सुशील पौडेलको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाकन र राजनराज शिवाकोटीको संगीत रहनेछ।

प्रतिक्रिया दिनुहोस्